९९४ जनामा संक्रमण, १२ को मृत्यु
काठमाडौँ - पछिल्लो २४ घण्टामा ९९४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ३७ पीसीआर परिक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा २ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ७ लाख ३८ हजार ३४ संक्रमणमुक्त भएका छन् । हाल २७ हजार ३ सय ५५ सक्रिय संक्रमित आइसोलेसन र ३ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया