कोभिड-१९

चीनबाट आयो खरिद गरेको ४४ लाख मात्रा खोप

अहिलेसम्म चीनले १ करोड २ लाख खोप पठायो

इकागज |
असोज १, २०७८ शुक्रबार १५:२ बजे

काठमाडौँ– नेपालले चीनबाट खरिद गरेर ल्याएका ४४ लाख  मात्राभेरोसेल खोप प्राप्त गरेको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ लगायतको टोलीले चीनबाट प्राप्त खोप ‘रिसिभ’ गरेका थिए । 

नेपाल एयरलाइन्सको जहाजले आज दिउँसो २ बजे चीनबाट खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । चीनबाट अहिलेसम्म खरिद गरेको यो समेत १ करोड २ लाख मात्रा खोप नेपाल भित्रिसकेको छ ।


नेपालले यसअघि ४० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेको थियो भने पछिल्लो पटक ६० लाख मात्रा खोप खरिद सम्झौता भएको थियो । यो बाहेक खरिद गरेको १६ लाख मात्रा खोप पठाउन बाँकी छ भने अनुदान घोषणा गरेको १६ लाख मात्रा खोप पठाउन बाँकी छ । 


Author

थप समाचार
x