कोभिड-१९

शुक्रबार चीनबाट आयो ४४ लाख भेरोसेल खोप

इकागज |
असोज १, २०७८ शुक्रबार २१:२० बजे

काठमाडौँ - सरकारले शुक्रबार चीनबाट कोभिड विरुद्धको ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ । चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । खोप लिनका लागि बिहीबार राति ११ बजे वाइडबडी विमान चीनतर्फ उडेको थियो । शुक्रबारआएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ ।



Author

थप समाचार
x