कोभिड-१९

डा. टेड्रोस पुगे अफगानिस्तान

इकागज |
असोज ४, २०७८ सोमबार १६:३८ बजे

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानोम घेब्रियसुस अफगानिस्तान पुगेका छन् । उनलाई काबुल विमानस्थलमा तालिबानी सरकारका प्रतिनिधिले स्वागत गरेका थिए । 

डा. टेड्रोसले अफगानी जनताको स्वास्थ्य डब्लुएचओको प्राथमिकता भएको बताएका छन् । उनी डब्लुएचओका पूर्वी भूमध्यसागरीय क्षेत्रीय कार्यालयका निर्देशकसँग त्यहाँ पुगेका हुन् । तालिवानले गत महिना सत्ता कब्जा गरेपछि उच्चस्तरीय संयुक्त राष्ट्रसंघीय अधिकारीको यो पहिलो भ्रमण हो । 


डा. टेड्रोसले अफगानिस्तानस्थित डब्लुएचओ कार्यालयका कर्मचारी, अफगानी स्वास्थ्यकर्मी तथा तालिवानी नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अफगानिस्तानमा १ लाख ५४ हजार कोभिड–१९ संक्रमित भैसकेका छन् भने ७ हजार एक सय १६ जनाको मृत्यु भैसकेको छ । अफगानिस्तानमा अहिलेसम्म १.१ प्रतिशत जनसंख्याले कोभिड–१९ को पूर्णमात्रा खोप लगाएका छन् । 

त्यहाँ केही वर्षअघि मात्रै पोलियो रोग पनि देखापरेको थियो । 

 

 


Author

थप समाचार
x