कोभिड-१९

विदेशबाट आउने र देशभित्रै जोखिमयुक्त क्षेत्रबाट यात्रा गर्नेको एन्टीजेन परीक्षण अनिवार्य

इकागज |
असोज ९, २०७८ शनिबार १६:२८ बजे

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वमा बढ्ने आवतजावतलाई मध्यनजर गर्दै विदेशबाट आउने र देशभित्रै पनि जोखिम बढी रहेका ठाउँहरूबाट यात्रा गरेर आउनेको एन्टीजेन परीक्षण गरी पोजिटीभ केसहरूको व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले स्थल नाकाबाट आउनेहरूको सीमा नाकामै र छुटेकाहरूको समुदायमा अनिवार्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको छ । कोभिड–१९ सक्रिय संक्रमितहरूको संख्या पछिल्ला केही दिनयता पुनः बढ्न थालेसँगै मन्त्रालयले एन्टीजेन परीक्षण गराउन सबै हेल्थ डेक्स, जिल्ला जनस्वास्थ्य कार्यालय, सबै स्वास्थ्य निर्देशनालयहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती, गण्डकी र लुम्बिनी प्रदेश साथै प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिमका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


विदेशबाट नेपाल प्रवेश गर्नेहरूको सकेसम्म नछुटाइ सीमा नाकामै परीक्षण गर्न र पोजिटीभ केसका लागि आइसोलेसन र क्वारेन्टीनको व्यवस्था गर्न आग्रह गरिएको उनले बताए । 


Author

थप समाचार
x