कोभिड-१९

भोलिदेखि धनगढीमा भेरोसेल खोप लगाइँदै

इकागज |
असोज ९, २०७८ शनिबार १७:५८ बजे

कैलाली - धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा असोज १० गतेदेखी कोभिड – १९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लाउने भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप लाउने कार्यक्रम रहेको बताए । उनले खोप लाउनका लागि अनलाइन दर्ता भने आवश्यक रहेको बताए ।

भोलि देखि ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्ष भन्दा माथिका नागरिक र १८ बर्ष माथिका खोप लाउन छुटेका विद्यार्थीहरू मुख्य प्राथमिकतामा रहेको बताए । विद्यार्थीको हकमा विद्यालय तथा विश्वविद्यालयले जारी गरेको परिचयपत्र लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । उनले वडानम्बर १८ र १९ भने असोज ११ र १२ गते खोप लाउने बताए ।


उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन । उनले खोप लाउन आउदा अनलाइन फर्म भरेको दर्ता नम्बर र परिचय खुल्ने परिचयपत्र लिएर आउन आग्रह गरे । 


 


Author

थप समाचार
x