थप ८६७ जनामा कोभिड-१९ संक्रमण
काठमाडौँ - नेपालमा शनिबार थप ८ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ९८ पिसिआर परीक्षणका क्रममा ६ सय ५९ जना र २ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा २०८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ८८ हजार ५ सय ४७ पुगेको छ । त्यस्तै कोभिड कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १ हजार १ सय २३ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६७ हजार ८ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३९ जना क्वारेन्टिन रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया