कोभिड-१९

स्वीडेनद्वारा ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई मोडेर्ना खोप स्थगित

इकागज |
असोज २१, २०७८ बिहीबार ६:३३ बजे

कोपेनहेगन, डेनमार्क- स्वीडेनका स्वास्थ्य अधिकारीहरूले बुधवार मोर्डनाको कोभिड -१९  विरुद्धकोको खोप ३० बर्ष वा सो भन्दा कम उमेरका मानिसहरूमा लगाउन बन्द गरेका छन् । अधिकारीहरूले उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लागाउँन हाललाई स्थगित गरिएको छ ।  

स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिड विरुद्धको खोप पुनः लगाउँन सकेसम्म सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ ।  गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त  खोप लगाउँने अनुमति प्रदान गरेको थियो । युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउँन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो। यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउँन भने अनुमति दिइएको छैन । (एपी)



Author

थप समाचार
x