दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने
सांकेतिक तस्बिर
नयाँ दिल्ली, भारत- दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड-१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ ।
संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो ।
डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड-१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ ।
“यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड-१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ-आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,” वक्तब्यमा भनिएको छ ।
यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड-१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया