कोभिड-१९

काेभिड अपडेट

थपिए ३९१ संक्रमित, ६८० संक्रमणमुक्त

इकागज |
असोज ३१, २०७८ आइतवार १७:६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा आइतबार थप ३ सय ९१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ६६ पीसीआर परिक्षणका क्रममा ३ सय ८५ जना र १ हजार १ सय ११ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ८४ जनाको कोभिडकै कारण मृत्यु भएको छ ।


त्यस्तै ६ सय ८० संक्रमित संक्रमणमुक्त हुदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् । हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


 


Author

थप समाचार
x