कोभिड-१९

भारतमा थपिए १४ हजार ६२३ जना कोरोना सङ्क्रमित

इकागज |
कात्तिक ४, २०७८ बिहीबार ७:४ बजे

नयाँ दिल्ली- पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  यसैसँगै भारतमा कोरोना सङ्क्रमतिको कूल संख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ ।

मङ्गलबार भारतमा कोरोनाका थप सङ्क्रमितको संख्या १४ हजार ६२३ जनामा भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए । केरलामा मङ्गलबार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो ।


भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेका अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२९ दिन यताको सबभन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या कूल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।

मङ्गलबार १९ हजार ४४६ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त भएका कूल संख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधबार जनाएको छ  ।  कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१५ प्रतिशत भएको मन्त्रालयले बुधबार जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजार भन्दा बढी  व्यक्तिको कोरोनाभाइरसको परिक्षण भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ । (एएनआई)


Author

थप समाचार
x