कोभिड-१९

थप ७०८ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:१४ बजे

सांकेतिक फोटो

काठमाडौँ - नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा १ सय ३४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ ।

त्यस्तै कोभिडका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोभिडका कारण ज्यान गएको छ । त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र २ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x