कोभिड-१९

बालबालिकालाई छिट्टै खोप दिइन्छः मन्त्री रेग्मी

इकागज |
कात्तिक १५, २०७८ सोमबार १२:४९ बजे

चितवन- महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएका हुन् । 

उनले भनिन्, 'विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।' खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताए । कोरोना संक्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।  


फरक प्रसङ्गमा उनले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताइन् । उनले भनिन्, विवाद मिलाएर अगाडि बढ्नुपर्छ । न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो होइन ।'  

रासस


Author

थप समाचार
x