अमेरिकाले दिएको फाइजर खोप लगाउन शुरु
काठमाडौँ– अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको फाइजरको कोभिड–१९ खोप वितरण आजदेखि शुरु भएको छ । अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत हालै एक लाख ६ सय २० मात्रा खोप निःशुल्क उपलब्ध गराएको थियो ।
अमेरिकाले नेपाललाई त्यसअघि एक मात्रा मात्र लगाउन मिल्ने जोन्सन एण्ड जोन्सनका १५ लाख ३४ हजार आठ सय ५० मात्र खोप उपलब्ध गराएको थियो ।
अमेरिकी सहयोग नियोग (युएसएड)ले कोभिड–१९ विरुद्धको खोप अभियान सफल बनाउन खोप व्यवस्थापन तथा वितरणसम्बन्धमा स्वास्थ्यकर्मीलाई तालिम दिएको उल्लेख गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया