कोभिड-१९

अमेरिकी सहायक विदेश मन्त्री लुले गरे खोप अभियानको निरिक्षण

इकागज |
मंसिर २, २०७८ बिहीबार १२:३५ बजे

काठमाडौँ - नेपाल भ्रमणमा रहेका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को निरिक्षण गरेका छन् । 

बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर उनले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई उपलब्ध गराइएको फाइजर खोप अभियानको निरिक्षण गरेका हुन् । 


सो क्रममा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले नेपालमा भइरहेको खोप अभियानको बारेमा जानकारी गराएका थिए । कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६ सय ३० मात्रा प्राप्त गरेको थियो । 

निरिक्षणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले नेपालमा भएको खोप अभियानको प्रसंशा गरे । कोरोनाबाट विश्वलाई नै सुरक्षित गर्न खोपको विकल्प नभएको उनले बताए । बालबालिकाकालािग पनि खोप लगाउन नेपाललाई सहयोग गर्ने उनको भनाई छ ।

त्यस्तै स्वास्थ्य मन्त्री खतिवडाले आगामी दिनमा पनि कोरोनाविरुद्धको लडाइमा अमेरिकाको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । आगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उनले बताए । 

स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ । त्यस्तै विदेशमन्त्री डोनल्ड लु ले शिक्षण अस्पतालको पनि निरिक्षण गरेका थिए । 


Author

थप समाचार
x