मंगलबार थपिए ३५१ संक्रमित, ९ जनाकाे मृत्यु
फाइल तस्बिर
काठमाडौँ - देशभर ३५१ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार १७४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआरबाट ३१३ र एन्टीजेन्ट विधिबाट परीक्षण गर्दा ३८ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ९ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ९ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ३ सय जना छन् ।
आईसीयूमा २२३ र भेन्टीलेटरमा ५१ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ८ सय ६९ , संस्थागत आईसोलेशनमा ४ सय ३१ र क्वारेन्टाइनमा ९८ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया