कोभिड-१९

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्‍न सरकार यस्तो तयारी

इकागज |
मंसिर १३, २०७८ सोमवार १३:५५ बजे

काठमाडौँ - अफ्रिकी मुलुकमा फेला परेको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्तालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको काेभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका हुन् । 

उनले नेपालमा काेभिड संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताए । 


प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र काेभिडको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए । उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए । 

प्रवक्ता पोखरेलले भने, ‘अब अहिले बास्तवमा हामी कोभिड-१९ संक्रमणको नै क्रममा छाैं। हामी कम्प्लिट्ली रिकोभर भइसकेको होइन । विभिन्न किसिमको भाइरसहरुको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले हालसालै ओमिक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ । त्यसपछि हामीले यसलाई सतर्कता अपनाउनको लागि अब हामीले के गर्ने ? भन्ने सन्दर्भमा अफ्रिकी मुलुक भनेको छ, यो देश, त्यो देश भनेको छैन । त्यसको प्रमाणिकता पनि हामीले पाइसकेको छैन । तै पनि सतर्कता अपनाउनु पर्छ संक्रमणको चरणमा छाैंभनेर हामीले अफ्रिकी देशहरुबाट आउने नागरिकहरुलाई यहाँ जुन अन अराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर हामीले अध्यागमन कार्यालय र २२/२३ वटा कति एयरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था पनि छ । उसले ल्याउँदा पनि ल्याउँदैन र यहाँ आउनु भयो भने इन्ट्री फ्रिज (प्रवेश नदिने) गर्छौं भनेर भनेको छ । यो भाइरस भनेको भोलि प्रमाणिकता होला, हामीमै पनि यहीं डेभलप भएको हुनसक्छ । त्यसको बारेमा जे होला हामीले त्यही निर्णय गर्नुपर्छ । यस बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको अवस्था छ । त्यहाँ पनि हाम्रो तर्फबाट प्रतिनिधि जानुहुन्छ । जे कुरा आउँछ, त्यही अनुसार हामी टेक्निल सल्लाह बमोजिम कार्यान्वयन पक्षमा कडा रुपमा जान्छाैं। यो हामीले यहाँ मात्रै होइन, बोर्डर एरियामा पनि निर्देशन जारी गरिसकेको अवस्था छ । त्यहाँ पनि हेर्नुहोला । त्यो किसिमको मानिस आए, संक्रमण देखिए नजिकको स्वास्थ्य संस्थामा पु¥याउनु होला भनेका छाैं ।’

प्रवक्ता पोखरेलले काेभिडको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए । उनले नेपाल भित्रिने नाकाहरुमा पनि काेभिड भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुयाउन निर्देशन दिए । 

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।


Author

थप समाचार
x