कोभिड-१९

२ सय ५९ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

इकागज |
मंसिर १३, २०७८ सोमबार १७:१५ बजे

काठमाडौँ - सोमबार नेपालमा २ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन् । सोमबार २६४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ ।


कोभिडकै कारण १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।  


Author

थप समाचार
x