कोभिड-१९

रुसमा ३२ हजार ९७४ कोभिड सङ्क्रमित थपिए

इकागज |
मंसिर १९, २०७८ आइतबार ७:२९ बजे

मस्को- रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै  सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ ।

बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने  वृद्धि दर ०.३४% रहेको छ । सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो।  त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।   त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ ।


प्रतिक्रिया केन्द्रले कोभिड-१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु  भएको जनाएको छ ।  यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ । (एएनआई/स्पुतनिक)


Author

थप समाचार
x