हिजो ओमिक्रोन पुष्टि भएका दुई जनाकाे कोभिड रिपोर्ट नेगेटिभ
फाइल तस्बिर
काठमाडौँ - नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको कोभिड रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरु दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हाे ।
संक्रमित भएका नागरिकहरू अहिले पनि चिकित्सककाे निगरानीमा रहेको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया