ओमिक्रोनलाई अहिले प्रयोगमा आएकै खोपले काम गर्छ: डब्लूएचओ
न्युयोर्क- अहिले प्रयोगमा आइरहेका खेापहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ ) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन सक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो । चलन चल्तिमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया