मोरङमा सबैभन्दा बढी कोभिड संक्रमण
फाइल फोटो
विराटनगर - पछिल्लो २४ घण्टामा प्रदेश नं १ को जिल्ला मोरङमा १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेश बाहिर एक÷एक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित ३८५ जनाको पिसीआर परीक्षण गर्दा २७ र १५१ जनाको ऐन्टिजेन परीक्षण गर्दा दुई जना गरी कूल २९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै १२ महिलासहित २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया