कोभिड-१९

सुदूरपश्चिम प्रदेशमा थपिए ३ सय १८ काेभिड संक्रमित

इकागज |
पुस २९, २०७८ बिहिवार १९:३३ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआर मार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

बिहीवार दुई हजार २ सय ५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका २२७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


कैलालीको त्रिनगर नाकाबाट भित्रिएका १११, कंचनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५, बैतडीको झुलाघाट नाकाबाट फर्केका ६ र पुलघाट नाका दार्चुलाबाट स्वदेश फर्किएका ५ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।


Author

थप समाचार
x