कोभिड-१९

दाङबाट सुरु भयो ‘स्मार्ट लकडाउन’

इकागज |
पुस २९, २०७८ बिहिवार १९:४२ बजे

फाइल फोटो

तुल्सीपुर : कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दाङमा स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’को घोषणा गरेको छ । बिहीबार बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम बढेपछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बेलूकी ७ बजेपछि होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु बन्द गर्ने गरि स्मार्ट लकडाउन गर्ने निर्णय भएको जानकारी दिए । यस्तैसार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न नपाइने निर्णय भएको पनि उनले बताए । यस्तै माघीको अवसरमा मेला महोत्सव गर्न बन्देज लगाइएको छ । 


पाँच सयभन्दा धेरै संक्रमित भएमा स्मार्ट लकडाउन गर्ने अधिकार गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा अहिलेसम्म १४ हजार जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै  दाङमा २७ जनामा संक्रमण पुष्टि भएको छ । 


Author

थप समाचार
x