कोभिड-१९

६ जिल्लामा अति जोखिम, जहाँ छन् ५ सय बढी सक्रिय संक्रमित

इकागज |
पुस ३०, २०७८ शुक्रबार १७:७ बजे

काठमाडौं– पछिल्लो सातादेखि नेपालमा कोभिड–१९ को नयाँ भेरियण्ट आक्रामक रुपमा फैलिएको छ । आज मात्रै नेपालमा ५ हजार ८७ सक्रिय संक्रमतको संख्या पुगेको छ । 

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्ला ६ वटा पुगेका छन् । यी जिल्लामा कोभिड–१९ को बढ्दो त्राससमेत भएकाले झनै बढ्ने आँकलन गरिएको हो । यी जिल्लाला अति जोखिमको जिल्ला मानिएको छ। 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकाका तीनै जिल्ला अति जोखिममा रहेको छ। उपत्यकासहित मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित ५ सय कटेका हुन् ।

सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।

तर, खोप लगाउने ठाउँमा मास्ककोसमेत अनिवार्य प्रयोग नगरिएकोर स्वास्थ्य मापदण्ड पालना नगरिएको पाइएको छ। जसकारण कोरोना रोक्नका लागि लगाइदैं गरेको खोप केन्द्र नै संक्रमणको उच्च जोखिममा रहेको पाइएको हो । यसैकारण पनि उपत्यकामा संक्रमितको संख्या अझै बढ्ने देखिन्छ ।


Author

थप समाचार
x