कोभिड-१९

हुम्लामा हेल्थडेस्क सञ्चालनमा ल्याइने

इकागज |
माघ २, २०७८ आइतबार १५:१९ बजे

फाइल फोटो

सिमकोट : हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ ।  जिल्लाका नागरिकलाई सङ्क्रमणबाट बचाउन सातवटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले  निर्णय गर्नाका साथै सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

यसैगरी सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गर्नाका साथै  सार्वजनिकस्थलमा धेरै ब्यक्ति उपस्थित हुनेगरी राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रम नगराउन पनि  समितिले निर्देश समितिले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।  
  
जिल्ला भित्रिने मुख्य नाका सिमकोट विमानस्थल, ताँजकोट गाउँपालिकाको मैला कवाडी र चङ्खेली गाउँपालिकाको मिमिमा आवश्यक स्वास्थ्यसामग्री र स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालनमा ल्याएर आगन्तुक नागरिको स्वास्थ्य जाँच गरिने र  सिमानाकास्थित गाउँपालिकाका स्वास्थ्य संयोजकले जिल्ला भित्रिएका नागरिकको दैनिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन स्वास्थ्य सेवा कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिए । 


कोरोनाविरुद्ध जनचेतान फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह गर्नुपर्ने,  सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेशन सेन्टर तयारी अवस्थामा राख्नुपर्ने, खाद्यन्न बिक्री गर्दा दुई मिटरको दूरी कायम गर्नुपर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउनुपर्ने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्नुपर्ने, व्यवस्था गरिएको छत्यसैगरी अस्पताल र आइसोलेशनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचारप्रसार गर्नुपर्ने र सबै गाउँपालिकामा स्वास्थ्यसामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्नेमा पनि समितिले जोड दिएको थियो  । रासस 


Author

थप समाचार
x