कोभिड-१९

सर्वोच्चमा न्यायाधीश मीरा खड्कासहित २४ जनालाई काेभिड संक्रमण

इकागज |
माघ २, २०७८ आइतबार २०:२३ बजे

काठमाडौं – सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई काेभिड संक्रमण पुष्टि भएको छ। सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश मीरा खड्कालाई काेभिड संक्रमण पुष्टि भएको हाे। 

त्यस्तै न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै, मुख्य रजिस्टार लालबहादुर कुँवरलाई पनि संक्रमण पुष्टि भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।


त्यसैगरी आइतबार सर्वाेच्चमा कार्यरत थप ३० जनाको परीक्षण गरिएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जनाको परीक्षण गरिएको हो। परीक्षण गरिएका सबै जना आइसाेलेसनमा छन् । कर्मचारीहरुले संक्रमण बढेको भन्दै भीडभाड कम हुनेगरी सेवा संकुचन गर्न माग गरेका छन्।


Author

थप समाचार
x