कोभिड-१९

नौ जिल्ला कोभिड–१९ को ‘रेड जोन’मा

इकागज |
माघ ३, २०७८ सोमबार १८:५५ बजे

काठमाडौं– पछिल्लो २४ घण्टाको तथ्यांकले देशभरका नौ जिल्ला कोभिड–१९ को उच्च जोखिममा परेको देखाएको छ । उपत्यकाका तीन जिल्लासहित नौ जिल्ला कोभिड–१९ को रेड जोनमा परेका छन् । 

प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्। त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवनमा बढी संक्रमित छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी नौ जिल्लामा संक्रमित संख्या ५ सय भन्दा बढी छन् । कुल मध्ये आधा उपत्यका मै छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ४३ जना, ललितपुरमा ७ सय ९५ जना र भक्तपुरमा २ सय १ जनामा संक्रमण देखिएको हो।
 


Author

थप समाचार
x