कोभिड-१९

ओमिक्रोनको सामना गर्न सरकार सक्षम : मन्त्री खतिवडा

इकागज |
माघ ३, २०७८ सोमवार २२:० बजे

काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए । 

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा व्यक्त गरे । कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफू पायक निर्णय लिन सक्ने उनले बताए । 


सबैलाई खोप दिलाउने लक्ष्यमा सरकार अघि बढेको भन्दै उहाँले पूर्ण खोप लगाएको हकमा बुस्टर डोजमा पुगेको जानकारी दिए । उनले बालबालिकाका लागि छिट्टै कोरोना खोप उपलब्ध गराइने बताए । कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नुपर्ने उनले उल्लेख गरे । सरकार लकडाउनको पक्षमा नरहेको मन्त्री खतिवडाले स्पष्ट पारे ।


Author

थप समाचार
x