कोभिड-१९

बुधबार थपिए ११ हजार ३५२ संक्रमित

इकागज |
माघ ५, २०७८ बुधवार १६:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा बुधबार ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १८ हजार ७८ पिसिआर परिक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । 

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ । त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् । हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x