कोभिड-१९

कोभिडको हटस्पट बन्याे काठमाडौँ, सक्रिय संक्रमितकाे संख्या २२ हजार नाघ्यो

इकागज |
माघ ५, २०७८ बुधबार १७:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा काेभिड–१९ संक्रमितकाे संख्या २२ नाघेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २२ हजार ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्म काेभिडका कारण २२४६ जनाले ज्यान गुमाएका छन् ।


त्यसैगरी हालसम्म कुल संक्रमित २ लाख ७९ हजार ७२१ मध्ये २ लाख ५५ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार भक्तपुरमा सक्रिय संक्रमित २९५२ जना रहेका छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५२२६ जना रहेका छन् । त्यस्तै बुधबार मात्र काठमाडौँमा ४६६६,ललितपुरमा १०९९ र भक्तपुरमा ५७८ जना काेभिडका संक्रमित थपिएका छन् ।

   


Author

थप समाचार
x