कोभिड-१९

मास्क नलगाइ हिँडे एकसय रुपैयाँ जरिवाना

इकागज |
माघ ५, २०७८ बुधबार १७:५२ बजे

काठमाडौं– उपत्यकामा मास्क नलगाइ हिडेमा एक सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सार्वजनिक स्थलमा मास्क नलगाइ हिँडेको पाइएमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्न थालेको हो ।

प्रशासनले आज राजधानीका केही स्थाबाट मास्क नलगाउनेलाई जरिवाना स्वरुप १ सय रुपैयाँ तिराएको हो । कार्यालयकाअनुसार सुन्धारा, कलंकीलगायतका स्थानमा गरिएको अनुगमनबाट सर्वसाधारण कारवाहीमा परेका हुन् । सुपरमार्केट, सडकबाटमास्क नलगाउने कारवाहीमा परेको कार्यालयले जनाएको छ ।


सपिङ मललाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाउने गरी सचेत गराइएको थियो। 


Author

थप समाचार
x