कोभिड-१९

देशभर थपिए १० हजार ३१९ काेभिड संक्रमित, ४ जनाको मृत्यु

इकागज |
माघ १०, २०७८ सोमवार १६:२३ बजे

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ जनामा गरिएकाे परीक्षणमा  १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।


त्यसैगरी पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।


Author

थप समाचार
x