कोभिड-१९

एक करोड खोप मौज्दात

इकागज |
माघ १०, २०७८ सोमवार १७:१३ बजे

काठमाडाै‌- स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भन एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुई डोज लगाएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 


१८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको आधारमा ८१ दशमलव आठ प्रतिशतले पहिलो डोज र ६५ दशमलव एक प्रतिशतले पूर्णमात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

देशभर खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । खोप नलगाएकाहरूलाई लगाउन सरकारले बारम्बार अनुरोध गर्दै आएको छ । 


Author

थप समाचार
x