कोभिड-१९

प्रदेश १ का मुख्यमन्त्री राईका स्वकीय सचिवसहित नौ जनामा कोभिड पुष्टि

इकागज |
माघ १०, २०७८ सोमबार २१:३६ बजे

विराटनगर - प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार एकैदिन सात जनामा कोभिड संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या नौ पुगेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राई, उनकी पत्नी शोभा पाठकसहित ३२ जनाको सोमबार स्वाब परीक्षण गरिएको थियो ।

मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए । पोखरेलका अनुसार मुख्यमन्त्रीका एक जना स्वकीय सचिव, दुई जना चालक, एक जना सुरक्षाकर्मी र तीन जना कार्यालय सहयोगीलाई संक्रमण पुष्टि भएको छ । 


मुख्यमन्त्री राईका एक निजी सचिव र कार्यालयका एक अधिकृतलाई यसअघि नै कोभिड पुष्टि भएको छ । सचिवालयकै अन्य कर्मचारीहरु पनि मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार स्वाब संकलन गरी परीक्षण गराउँदा उनीहरुमा संक्रमित पुष्टि भएको जनाइएको छ ।


Author

थप समाचार
x