कोभिड-१९

टेकु अस्पतालले आजदेखि पुनः कोभिडविरुद्धको खोप लगाउने

इकागज |
माघ ११, २०७८ मंगलबार ७:१७ बजे

काठमाडौँ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोभिडविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ ।

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन् । 


उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोभिड संक्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । 

अस्पतालमा कोभिडविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।


Author

थप समाचार
x