कोभिड-१९

शुक्रबार थपिए ६,८२७ संक्रमित, १० जनाको मृत्यु

इकागज |
माघ १४, २०७८ शुक्रवार १६:२२ बजे

सांकेतिक फोटो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो । दुवै गरेर पछिल्लो चौबिस घण्टामा ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार २४ घण्टामा ५ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो चौबिस घण्टामा मात्रै १० जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोभिडले मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।


यस्तै पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 


Author

थप समाचार
x