क्रिकेट

नेपालमा आईसीसीको एकमात्र आधिकारिक लिग 'नेपाल टी-ट्वान्टी' हुनेः क्यान

इकागज |
जेठ ४, २०७९ बुधबार १७:८ बजे

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आईसीसीको मान्यता प्राप्त एकमात्र आधिकारिक क्रिकेट लिगको रुपमा नेपाल टी-ट्वान्टी लिग मात्र हुने जनाएको छ । 

क्यानले बुधबार नेपाल टी-ट्वान्टी लिग क्रिकेटको औपचारिक घोषणा मात्र गरेन नेपालमा अहिलेसम्म निजि क्षेत्रबाट आयोजना भइरहेका अन्य लिगलाई क्यानले मान्यता नदिने समेत स्पष्ट पार्यो । 


क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानले नेपाल टी-ट्वान्टी लिग जस्ता अन्य प्रतियोगितालाई अनुमति नदिइने जानकारी गराए । चन्दले नेपाली खेलाडीमात्र समावेश गर्ने गरि क्षेत्रिय लिगका लागि अनुमति दिन सकिने जनाए ।  

केही दिन अघि नै एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजकले पाँचौ संस्करण कार्तिक २६ गतेबाट आयोजना हुने तथा यसलाई क्यानले स्वीकृति दिएको जनाएको थियो । 

तर क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने क्यानले ईपीएलका लागि समय नदिएको तथा नेपाल टी-ट्वान्टी लिग बाहेक अन्यलाई अनुमति नदिइने बताए । 
क्यानले लिग सेप्टेम्बर २४ देखि अक्टोबर २२ (आगामी असोज ८ देखि कार्तिक ५) सञ्चालन गर्ने जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुने लिगमा ६ टिमको सहभागिता रहने छ । लिग होम एण्ड अवे तथा डबल राउन्ड रोबिनको आधारमा खेलाइने क्यानले जनाएको छ । 


Author

थप समाचार
x