क्रिकेट

युगाण्डालाई नेपालको १२४ रनको लक्ष्य

इकागज |
जेठ ७, २०७९ शनिवार १४:४६ बजे

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले युगाण्डालाई ५ खेलको सिरिजको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १ सय २४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन जोड्न सफल भयो ।

५ खेलको सिरिजमा नेपालले दोस्रो पटक एक सय भन्दा बढी रन बनाएको हो । यस अघि दोस्रो खेलमा १ सय १ रन जोडेको थियो । बाँकी ३ खेलमा सय रन समेत कटाउन सकेको थिएन ।


अन्तिम खेलमा नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रनको योगदान गरिन् । उनी केवल एक रनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक पुरा गर्नबाट चुकिन् ।

सिता राना मगरले १७ र इन्दु बर्माले ८ रन जोडिन् । कप्तान रुविना क्षेत्री र डोली भट्ट शून्य रनमा रनआउट भए । कविता जोशीले १८ र अप्सरी बेगमले ११ रन बनाए ।

युगाण्डाका लागि कोन्सी अवेको र फियानो कुलुमेले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x