क्रिकेट

त्रिकोणात्मक सिरिज अघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

इकागज |
जेठ ९, २०७९ सोमबार ९:५९ बजे

काठमाडौँ –  अमेरिकामा हुने आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अघि नेपालले दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिकाको प्राइरी भ्यू क्रिकेट कम्पलेक्समा जुन २ मा हुने पहिलो अभ्यास खेलमा अमेरिकामा रहेका नेपाली खेलाडी सम्मिलित नेपाली अल स्टार्स क्लबविरुद्ध खेल्नेछ । दोस्रो खेल जुन ४ मा हाउस्टन हरिकेन्सविरुद्ध खेल्ने छ । दुबै खेल ५० ओभरको हुनेछ । 

नेपाली टोली मे २९ तारिखमा अमेरिका पुग्ने तालिका रहेको छ । लिग २ अन्तर्गत नेपालले आयोजक अमेरिका र ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज खेल्ने छ ।


नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ तथा अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x