क्रिकेट

न्युजिल्यान्ड र बंगलादेशबीचको दोस्रो टी-ट्वान्टी आज

इकागज |
चैत १७, २०७७ मंगलबार ६:३७ बजे

काठमाडौँ : न्युजिल्यान्ड र बंगलादेशबीचको दोस्रो टी-ट्वान्टी आज हुदैँछ । न्युजिल्यान्डको नेपियरमा हुने खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । पहिलो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी भएको थियो ।

सिरिज जित्ने सम्भावना बाँकी राख्न आजको खेल बंगलादेशले जित्नैपर्छ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज न्युजिल्यान्डले क्लीनस्वीप गरेको थियो । 



Author

थप समाचार
x