क्रिकेट

नेपाल टी-ट्वान्टी लिगमा सहभागी हुने टिमको टुंगो लाग्यो

इकागज |
जेठ ११, २०७९ बुधबार ११:३० बजे

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगका लागि ६ वटै टिमको टुंगो लगाएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले लिगमा सहभागी हुने ६ टिमको टुंगो लगाएको हो । 

६ टिममा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न रहेका छन् ।


क्यानले लिग सेप्टेम्बर २४ देखि अक्टोबर २२ (आगामी असोज ८ देखि कार्तिक ५) सञ्चालन गर्ने जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुने लिगमा ६ टिमको सहभागिता रहने छ । लिग होम एण्ड अवे तथा डबल राउन्ड रोबिनको आधारमा खेलाइने छ । 

पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग अन्तर्गत 'ए' ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख, 'बी' ग्रेडमा रहने खेलाडीले न्यूनतम १० लाख र 'सी' ग्रेडमा रहने खेलाडीले न्यूनतम ५ लाख रुपैयाँ न्यूनतम पाउने छन्जा ।

 


Author

थप समाचार
x