क्रिकेट

यू-१९ महिला क्रिकेट टिमको घोषणा

इकागज |
जेठ १४, २०७९ शनिबार १७:८ बजे

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टिमको घोषण गरेको हो । 

छनोट मलेसियामा जुन ३ देखि ९ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्डको सहभागिता रहनेछ । छनोटको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छ । 


नेपालले पहिलो खेल कतारविरुद्ध जुन ३, युएईविरुद्ध जुन ४, भुटानविरुद्ध जुन ६, थाईल्यान्डविरुद्ध जुन ७ र आयोजक मलेसियाविरुद्ध जुन ९ मा खेल्ने तालिका रहेको छ । 


Author

थप समाचार
x