क्रिकेट

बिक्रमले अमेरिका भ्रमण गुमाउने

इकागज |
जेठ १४, २०७९ शनिबार १७:२५ बजे

काठमाडौँ – फास्ट बलर बिक्रम सोबले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । ब्याक इन्जुरीका कारण उनी नेपाली टिमबाट बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले बताए ।

दासका अनुसार बिक्रम चार हप्ता रेस्टमा रहनेछन् । उनको स्थानमा सुशान भारीलाई टिममा समेटिएको छ । म्यानेजर दासले बिक्रमको स्थानमा सुशानलाई टिममा राख्नका लागि पत्राचार भइसकेको छ ।


नेपाली क्रिकेट टिम शनिबार राति अमेरिकातर्फ प्रस्थान गर्दैछ । 
 


Author

थप समाचार
x