क्रिकेट

एसीसी महिला टी-ट्वान्टीः हङकङसँग नेपाल पराजित

इकागज |
असार ७, २०७९ मंगलबार १४:३८ बजे

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गत नेपालले पहिलो पराजय भोगेको छ । समूह ‘बी’ अन्तर्गत नेपाल अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रनको योगदान गरिन् । नेपालका लागि संगिता राईले २ र सिता रानामगरले १ विकेट हात पारे ।   


यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन जोड्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ रन, अप्सरी बेगमले २२ रन, विन्दु रावलले २३, सिता रानामगरले ९, ममता चौधरीले ७ र कविता जोशीले ४ रन बनाए ।

हङकङका लागि बेट्टी चनले २ विकेट तथा एलायसा हुवार्ड र मर्यम बिबिले १-१ विकेट लिए ।

नेपाल यस अघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।


Author

थप समाचार
x