क्रिकेट

एसिया कप खेल्न नेपालले युएईलाई पराजित गर्नुपर्ने

इकागज |
असार ८, २०७९ बुधबार १६:६ बजे

काठमाडौँ – एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गतको सेमिफाइनलमा नेपालले युएईविरुद्ध खेल्ने भएको छ । नेपाल समूह ‘बी’ को उपविजेता तथा युएई समूह ‘ए’ को विजेता बनेपछि दुई टिमबीच सेमिफाइनल हुने पक्का भएको हो ।  

समूह ‘बी’ मा नेपालले चारमध्ये ३ खेल जित्दै उपविजेता बन्दा ४ मध्ये ४ वटै खेल जितेर हङकङ समूह विजेता बनेको हो । समूह चरणमा नेपालले हङकङसँग पराजित हुन पुगेको थियो । हङकङकले भने सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसियाको सामना गर्नेछ ।


यता समूह ‘ए’ मा युएईले चार मध्ये ३ खेलमा जित तथा १ खेलमा अंक बाडेको थियो । त्यसैगरी, मलेसियाले ३ खेलमा जित तथा १ खेलमा पराजय भोगेको थियो । 

दुबै सेमिफाइनल शुक्रबार हुने तालिका रहेको छ । 

सेमिफाइनल जित्ने दुबै टिम अक्टोबरमा आयोजना हुने महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड समेत हुनेछन् ।
 


Author

थप समाचार
x