क्रिकेट

एसीसी महिला क्रिकेटः अस्मिनाले ५ विकेट लिँदा युएई ८१ रनमा समेटियो

इकागज |
असार १०, २०७९ शुक्रवार १०:११ बजे

काठमाडौँ– मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पिनयसीपको सेमिफाइनल अन्तर्गत युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन जोड्यो ।

युएईका लागि वैशनवा महेशले सर्वाधिक १६ रनको योगदान गरिन् । इशा रोहितले १५ रन जोडिन् । नेपालका लागि अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले ३ विकेट तथा सिता राना मगरले २ विकेट लिए ।


आजको खेल जित हात पारे नेपाली एसिया कपको लागि छनोट हुनेछ ।


Author

थप समाचार
x