क्रिकेट

वर्षा बाधक बनेपछि नेपाल टी-ट्वान्टी एसिया कपमा छनोट हुन असफल

इकागज |
असार १०, २०७९ शुक्रबार ११:२५ बजे

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पिनयसीपको सेमिफाइनल अन्तर्गत वर्षाका कारण नेपाल र युएईबीचको सेमिफाइनल खेल हुन नसकेपछि युएई फाइनलमा प्रवेश गरेको छ । यता नेपाल भने सेमिफाइनलबाटै बाहिरिएको छ । 

सेमिफाइनलबाट बाहिरिएसँगै नेपालले अक्टोबरमा आयोजना हुने महिला टी–ट्वान्टी एसिया कपमा स्थान बनाउन असफल भएको छ । युएई भने एसिया कपका लागि छनोट भएको छ । 


समूह चरणमा युएईले समूह ‘ए’ को विजेता बनेको कारण नेपाललाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । यता नेपाल भने समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा हङकङसँग पराजय भोगेको थियो । 

वर्षाले खेल प्रवभावित हुनु अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुदै ८१ रन जोडेको थियो । युएईका लागि वैशनवा महेशले सर्वाधिक १६ रनको योगदान गरिन् । इशा रोहितले १५ रन जोडिन् । 

नेपालका लागि अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट हात पारिन् । इन्दु बर्माले ३ विकेट तथा सिता राना मगरले २ विकेट लिए । 
 


Author

थप समाचार
x