क्रिकेट

सीता र रुविनाको टी-ट्वान्टी वरीयता यथावत, अन्यको अवस्था कस्तो ?

इकागज |
असार १४, २०७९ मगलवार १४:२० बजे

काठमाडौँ – आईसीसी महिला टी-ट्वान्टी ब्याटिङतर्फको वरीयतामा सीता रानामगर ६३ औँ स्थानमा यथावत रहेकी छन् । आईसीसीले जारी सार्वजनिक गरेको पछिल्लो वरीयताक्रम अनुसार सीताको वरीयताक्रम यथावत रहेको हो ।

ब्याटिङतर्फ नै कप्तान रुविना क्षेत्री ८५ औँ स्थानमा यथावत रहेकी छन् भने ज्योती पाण्डे एक स्थान तल झर्दै ९६ औँ स्थानमा पुगेकी छन् । अष्ट्रेलियाकी बेथ मुन्नी शीर्ष तथा मेग लानिङ दोस्रो स्थानमा हुँदा न्यूजिल्यान्डकी सोफी डेभिन तेस्रो स्थानमा उक्लिएकी छन् ।


बलिङतर्फ कविता कुँवर ७३ औँ स्थानमा यथावती छिन् भने सीता राना मगर ८० औँ तथा रुविना क्षेत्री ८१ औँ स्थानमा यथावत छन् । ​इंग्ल्यान्डकी सोफी इक्लेस्टोन शीर्ष तथा साराह ग्लेन दोस्रो स्थानमा रहदा दक्षिण अफ्रिकाकी शवनिम इस्माइल तेस्रो स्थानमा छिन् ।

टिमतर्फ नेपाल १७ औँ स्थानमा रहेको छ ।


Author

थप समाचार
x