क्रिकेट

विराट कोहलीले इंग्लिस फोटोग्राफरको तस्बिर ट्वीटरमा राखेपछि…

इकागज |
असार १४, २०७९ मंगलबार १६:४ बजे

काठमाडौँ – भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले भारत र बेलायतको लेस्टरसायर क्लबबीच भएको चारदिवसीय अभ्यास खेलका तीन तस्बिरहरु सामाजिक सञ्जाल ट्वीटरमा राखे । 

पूर्व कप्तान कोहलीले काउन्टी टिमप्रति कृतज्ञता र चार दिनको खेलमा आफूले पाएको समर्थन देखाउन उक्त खेलको तीनवटा तस्बिरहरू पोस्ट गरेका थिए । ती मध्ये दुई तस्बिर खेलका क्रममा लिइएको थियो भने एक तस्बिर कोहलीले अभ्यास गर्दैगर्दाको थियो । 


तर गत सोमबार उक्त तस्बिरहरु खिचेका फोटोग्राफर जोन मालेटले कोहलीको उक्त पोस्टमा प्रतिक्रिया जनाए । मालेटले कोहलीलाई एक महान खेलाडी रहेको बताउँदै कोहली र भारतीय टिमलाई धन्यवाद दिए । 

मालेटले विश्वका महान खेलाडीहरु मध्ये एक कोहलीले आफ्ना केही तस्बिरहरु आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमा प्रयोग गर्न रोजेकोमा अत्यन्तै खुसी भएको तथा ती तस्बिरहरु खिच्न पाउनु एउटा गर्वको कुरा भएको प्रतिक्रिया दिए । 


Author

थप समाचार
x